६० वर्ष देखि रेडियोमा बोल्दै आएकी यी नेपाली महिला

६० वर्ष देखि रेडियोमा बोल्दै आएकी यी नेपाली महिला

झण्डै शताव्दीको नजिकसम्म अर्थात ६० वर्षसम्म निरन्तर रेडियोमा बोलेर जीवन विताएका नेपाली आरजे महिला वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार हुन् । ताम्राकारले रेडियोमा लगातार बोलेको ६० वर्ष भैसकेको छ। 

स्पष्टतथा प्रभावशाली उदघोषण उनको विशेषता रहेको छ। उनि अहिले ईमेज रेडियोमा तिलगंगा आँखा केन्द्रद्वारा संचालित उज्यालो नामक कार्यक्रम साप्ताहिक रुपमा संचालन गर्दछिन। ८० वर्ष कटिसक्दा पनि उनको रेडियो मोह अझै टुटेको छैन ।

रेडियोप्रतिको माया र उनको सुरिलो स्वरसहितको सकृयता अनुकरणीय मानिन्छ। लामो समय रेडियो नेपालमा समाचारबाचनका साथै कार्यक्रम निर्माणमा संलग्न भई २०४९ सालमा सेवाको ३० वर्षे हदका कारण सेवावाट अवकास लिएकी ताम्राकारले त्यसपछि रेडियो नेपालका साथै निजी क्षेत्रका रेडियोहरुमा सक्रिय संलग्न हुदैं आएकी हुन। उनले विशेषगरी वनतथा पर्यटन सम्बन्धि कार्यक्रममा बढी संलग्नता जनाएकी छिन। कुनै दिन नेपाल पर्वतारोहण संघको कुनैपनि महत्वपूर्ण कार्यक्रममा कार्यक्रम संचालनको जिम्मेवारी बहन गरेकी उनले यसअवधिमा सगरमाथा आरोहण गरेका प्रथम आरोही स्वर्गीय एडमण्ड हिलारी लगायतका प्रशिध्द आरोहीहरुको अन्तर्वार्ता लिने अवसर पाएकी थिईन। 

वि्श्वकै प्रमुख चर्चित रेडियो स्टेशनहरुमा पर्ने बेलायतको बिबिसीतथा जर्मनीको डचवेले जस्ता प्रसारणसंस्थामा उनले प्रशिक्षण लिनुका साथै केही समय कार्य समेत गरेकी थिईन। नेपाल टेलिभिजन सुरु हुनु भन्दा अघि  नेपालका संचारकर्मीहरुलाई नेदरल्याण्डसमा टेलिभिजन सम्बन्धि प्रशिक्षण दिईएको थियो त्यो टोलीमा उनि पनि थिईन तर उनले टेलिभिजनमा भने  सेवा गरिनन।

अन्तराष्ट्रिय वातावरण पुरस्कार समेत पाईसकेकी वरिष्ठ रेडियोकर्मी ताम्राकारले स्वदेशमा नेपाल सरकारद्वारा राष्ट्रिय पत्रकारिता पुरस्कारका साथै अन्य प्रतिष्ठित पुरस्कारहरु पाईसकेकी छिन।