रियललाई बराबरीको धक्का

रियललाई बराबरीको धक्का

म्याड्रिड — रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल बेटिससँग गोलरहित बराबरी खेलेपछि उपाधि होडमा ठूलो धक्का पुगेको छ । जिनेदिन जिदानको रियल छिमेकी एट्लेटिकोभन्दा दुई अंकले अगाडि छ ।

एट्लेटिकोले आइतबार एथलेटिक बिलबाओको सामना गर्नेछ । उसको ७३ अंक छ । बार्सिलोना ६८ अंकसाथ तेस्रो स्थानमा छ । उसले रियलको तुलनामा दुई खेल कम खेलेको छ ।

शनिबारका अन्य खेलमा एल्चेले लेभान्टेलाई १–० ले हरायो भने भ्यालेन्सिया र एलाभेसले १–१ को बराबरी खेले । यस्तै रियल भालाडोलिड र काडिजबीचको खेल पनि १–१ को बराबरीमै रह्यो ।