राम तेरी गंगा मैली’का अभिनेता राजीव कपुरको निधन

राम तेरी गंगा मैली’का अभिनेता राजीव कपुरको निधन

बलिउड अभिनेता ऋषि कपूर ५८ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको बताइएको छ। ‘राम तेरी गंगा मैली’ स्टारर राजिव बलिउड अभिनेताहरू ऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन्।

ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् राजिवको निधन भएको पुष्टि गरेकी छन्। उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, 'हार्दिक ऋद्धाञ्जली।' रणधीर अहिले भाइलाई राखिएको मुम्बईस्थित चेम्बर अस्पतालमै छन्। 'मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु। डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे,' द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ।

राजिवले 'एक जान है हम'बाट अभिनयमा डेब्यू गरेका थिए। 'राम तेरी गंगा मैली'मा पनि उनी प्रमुख भूमिकामा थिए। 'आसमान', 'लभर ब्वाइ', 'जबरजस्त', 'हम तो चले पर्देस'लगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म 'जमिनदार' हो। दस महिनाअघि ऋषि कपुरको क्यान्सरका कारण मृत्यु भएको थियो।