ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ बर्षको थियो । सन् १९७३ जुलाई २० मा ।

ब्रुस लीको ख्याती जति चमत्कारिक छ, उत्तिनै रहस्यमयी छ उनको मृत्यु । मार्सल आर्ट कलाकार एवं हलिउड अभिनेता ब्रुस ली कसरी अल्पायुमै बिते ?

ब्रुस लीको मृत्यु हुँदा उनकी छोरी शानोन ली चार बर्षकी मात्र थिइन् । आफ्ना पितासँग विताएको क्षणहरुलाई स्मरणिय राख्न उनले एक वृत्तचित्र बनाएकी थिइन् । शानोनले त्यसबखत ब्रुस लीसँग जोडिएको केही कुरा बिबिसीसँग साझेदार गरेकी थिइन् ।

बिबिसीसँग शानेनेले भनेकी छिन्, ‘मलाई त्यस्तो धेरै त केही याद छैन । आफ्नो घरको आँगनमा उनीसँग खेलेको सम्झना छ । हङकङमा हाम्रो अलग्गै घर थियो, जुन त्यहाँको लागि ठूलो कुरा थियो । मार्शल आर्ट बिना हाम्रो घरमा बस्नु असंभव थियो । उनी हामीलाई लात–मुक्का हान्न सिकाउथे । हामी कुस्ती एकदमै धेरै खेल्थ्यौं । मेरो पितालाई लाग्थ्यो कि बच्चाका लागि जूडो एकदमै उपयुक्त हो ।’

नयाँ फिल्ममा काम

मार्शल आर्टमार्फत एक नयाँ इतिहास रच्न चाहन्थे । उनी फिल्म सुटिङ र आफ्नो कुंग फू एकेडेमीको काममा व्यस्त रहन्थे । मृत्युको बखत उनी न धेरै बिरामी थिए न कुनै समस्याबाट ग्रस्त नै । अचानक उनको स्वास्थ्य बिग्रियो र भौतिक संसारबाट बिदा लिए ।

उनको मृत्युबारे स्मरण गर्दै शेनान भन्छिन्, ‘यो एक दुखद दुर्घटना थियो । ऊ एकदमै स्वस्थ र फिट थिए र आफ्नो करियरको उत्कर्षमा थियो । अचानक एक एलर्जिक रियक्सनबाट उनको मृत्यु भयो । त्यसदिन उनी आफ्नो एक सहयकर्मीसँग अपार्टमेन्टमा थिए । उनीहरु नयाँ फिल्ममा काम गरिरहेका थिए । अचानक उनको टाउको दुख्यो । दुखाई कम गर्ने औषधि दिइयो । उनको मस्तिष्कमा रक्तश्राव भयो । ऊ ढल्यो र फेरी कहिल्यै उठेनन् ।’

ब्रुस लीको अन्तिम यात्रको स्मरण गर्दै शेनान भन्छिन्, ‘मलाई हङकङमा भएको अन्तिम यात्राको सम्झना छ । हजारौं, लाखौं मान्छे सडकमा ओर्लिएका थिए । मैले शोकको बेला लगाउने पारम्पारिक सेतो चिनिया पहिरन लगाएकी थिएँ । उनलाई खुला कफिनमा राखिएको थियो । यो एकदमै विचलन ल्याउने खालको थियो ।’

ब्रुस लीले आफ्नो जीवनकालमा धेरै फिल्म खेलेनन् । तर, जुन फिल्म खेले त्यसले उनलाई इतिहासकै चर्चित व्यक्तिको पंक्तिमा उभ्याइदियो । मार्शल आर्टको उनको कलाले विश्वलाई मोहित बनाइदियो । शेननलाई लाग्छ, ब्रुस लीको असली ख्याती भने उनको मृत्युपछि हासिल भयो ।