फेन्सिङको ओलम्पिक छनौटमा नेपाल पनि भिडदै

फेन्सिङको ओलम्पिक छनौटमा नेपाल पनि भिडदै

भोलिदेखि उज्वेकिस्तानको तासकान्तमा आयोजना हुने फेन्सिङ खेलको एशियातथा ओसिनिया मुलुकहरुको ओलम्पिक छनौट प्रतिस्पर्धामा नेपालको पनि सहभागिता रहने भएको छ। ओलम्पिक आगामी जुलाईमा जापानमा आयोजना हुदैंछ।

फेन्सिङ खेल तरबार हातमा लिएर गरिने प्रतिस्पर्धा हो। काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा पनि फेन्सिङ खेलको आयोजना गरिएको थियो।

तासकान्तमा  नेपाली खेलाडी अनिता कार्कीले फेन्सिङ खेलको लागि  ओलम्पक छनौटमा प्रतिस्पर्धा गर्दैछिन। उनको प्रशिक्षकका रुपमा जंग गिरी गएका छन।

शुक्रबारदेखि ३ दिनसम्म प्रतिस्पर्धा जारी रहने छ।