पाकिस्तानले भन्यो : कोरोनाको संकट झेलिरहेको भारतलाई सहयोग गर्न चाहन्छौँ

अमेरिकी विदेशमन्त्री भन्छन् : छिटोभन्दा छिटो भारतलाई आवश्यक सामग्री उपलब्ध गराउछौँ

पाकिस्तानले भन्यो : कोरोनाको संकट झेलिरहेको भारतलाई सहयोग गर्न चाहन्छौँ
अमेरिकी विदेशमन्त्री भन्छन् : छिटोभन्दा छिटो भारतलाई आवश्यक सामग्री उपलब्ध गराउछौँ

काठमाडौँ — भारतमा कोरोना संक्रमणले अवस्था भयावह भएपछि छिमेकी मुलुक पाकिस्तानले सहयोगको प्रस्ताव गरेको छ । तीन दिनयता भारतमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २ हजारभन्दा बढीको दैनिक मृत्यु भएको छ ।

यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न चाहेको बताएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतलाई अत्यावश्यक मेडिकल उपकरण दिन चाहेको बताएको छ ।

विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महामारीको यस संकटको घडीमा हामी भारतका नागरिकको साथमा छौं । सहयोगका रुपमा पाकिस्तान भारतलाई भेन्टिलेटर बाई प्याप, डिजिटल एक्सरे मेसिन, पीपीई किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छौं ।’ पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पनि ट्विटमार्फत भारतलाई सहयोगको प्रस्ताव गरेका छन् । उनले लेखेका छन्, ‘पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।’

पाकिस्तानले भारतीय अधिकारीहरुसँग छिटोभन्दा छिटो भेटेर उक्त सहयोग उपलब्ध गराउन सक्ने पनि बताएको छ । ‘दुवै मुलुक महामारीका कारण निम्तिने चुनौतीलाई सामना गर्न सम्भावित उपायको खोज पनि गर्न सक्नेछन्,’ वक्तव्यमा भनिएको छ ।