अनेक रुपमा हाँस्य अभिनेता हरिवंश आचार्य

अनेक रुपमा हाँस्य अभिनेता हरिवंश आचार्य

नेपाली हाँस्य अभिनेता हरिवंश आचार्य अहिले बहुमुखी प्रतिभाका रुपमा नेपाली समाजमा क्रियाशील रहेका छन्। उनि निर्देशक, लेखक, गीतकार, संगीतकार, गायक तथा सामाजिक अभियन्ताका रुपमा कार्यरत छन। उनले रंगमन्च वा ठूलोतथा सानो पर्दाका चलचित्रमा अनेकौं भूमिका निभाएर आफूलाई अब्बल कलाकारको रुपमा स्थापित गर्दै आएका छन। तर यसकालागि उनले धेरै मेहनत गर्ने गरेको उनले बताएका छन। कतै जानेक्रममा अचम्मको ब्यक्तित्व भएको कसैलाई देखेमा त्यस्तो चरित्रमा आफूलाई ढाल्नकोलागि प्रयास गरेको उनि बताउँदछन। हिजो आज त सजिलो छ। कुनै कुरा देखेमा मोबाईलले खिच्न सकिन्छ र आवाज रेकर्ड गर्न सकिन्छ। तर बिगतमा यस्तो सुबिधा नभएको अवस्थामा पनि उनि कसैको चरित्र हुबहु उतार्न निक्कै मेहनत गर्ने गर्दथे। सानै उमेरमा कलाकार क्षेत्रमा प्रवेश गरेर क्यारिक्याचर गरेर उनि आजको स्थान सम्म आई पुगेका हुन।

महसंचार नामक कार्यालय हाँस्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निजी कार्यालय हो जसले टेलिफिल्म आदिको उत्पादन गर्ने गर्दछ। धेरै वर्ष पहिले मह संचारको कार्यालय हालको माईतीघर मण्डल भएकै ठाँउमा थियो। एकदिन यो कार्यालयमा एकजना मानिस काम खोज्दै आईपुगे। टाईप गर्न जानेकाले उनलाई टेलिफिल्महरुको स्कृप्ट आदि टाईप गर्ने काम दिईयो। ती ब्यक्तिको नाम कमलराज सिलवाल थियो। उनको बोल्ने शैली अचम्मको देखेर हरिवंशले त्यसको नक्कल गरिहाले र त्यंहीबाट हरिबहादुर पात्र जन्मिएको थियो। मदनबहादुर हरिबहादुर टेलिफिल्मका कयौं श्रृखँला निर्माण भए। हरिबहादुरकै नाममा हरिवंशले आफनो दोश्रो कृतिका रुपमा उपन्यास समेत लेख्न भ्याए। आफ्नै शैलीले बोल्ने कमलराज अहिले महसंचार छोडेर ब्यबसायी बनिसकेका छन। तर उनि भित्रको पात्र नेपाली दर्शकहरु माझ जीवन्त छ।

"लेखकका रुपमा हरिवंशले धेरै हाँस्य प्रहसन, नाटक, टेलिफिल्म आदि लेखे। प्रारम्भमा हाँस्य क्षेत्रमा एक्लै प्रवेश गरेका उनले तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गाईजात्रा महोत्सबको केही श्रृखँलामा प्रस्तुत कार्यक्रमको लेखक उनि आफैं थिए।"

काठमाडौं महानगरपालिकाले कान्तिपुर नामक टेलिसिरियल निर्माण गरेको थियो जसको मुख्य पात्रका रुपमा रहेको वडा अध्यक्षको भूमिका हरिवंश आचार्यले निभाएका थिए। यसका लागि उनले कयौं दिन बिभिन्न वडा कार्यालयहरुको गतिबिधिको स्थलगत अनुभव लिएका थिए। यो टेलिफिल्म चर्चित हुनुका साथै यसका पात्र वडा अध्यक्ष अझ चर्चामा रहे। धेरै दर्शकहरुले काठमाडौं महानगर पालिकाका तत्कालिन प्रमुख पिएल सिंहलाई वडा अध्यक्षका रुपमा तपाँईको चरित्र उतारिएको भनि कुरा लगाईदिएछन। प्रमुख सिंहले हरिवंशलाई मैले लगानी गर्ने अनि मेरै नक्कल गर्ने भनि गुनासो गरेका थिए। 

लेखकका रुपमा हरिवंशले धेरै हाँस्य प्रहसन, नाटक, टेलिफिल्म आदि लेखे। प्रारम्भमा हाँस्य क्षेत्रमा एक्लै प्रवेश गरेका उनले तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गाईजात्रा महोत्सबको केही श्रृखँलामा प्रस्तुत कार्यक्रमको लेखक उनि आफैं थिए। यमलोकको प्रदर्शनबाट मात्र मदनकृष्णसंग सहकार्य सुरु भएको हो। उनको पहिलो कृति चिना हराएको मान्छे लाखौं नेपाली पाठकहरुले पढेका छन। उनको यो कृतिलाई लेखक अमर न्यौपानेले सम्पादन गरेका थिए। उनको पुस्तकको अत्यधिक मात्रामा बिक्री भएपछि केही लेखकहरुलेनै अशन्तोष ब्यक्त गरेकोमा हरिवंशले चित्त दुखाएको कुरा उनले बारंबार संचार माध्यमहरुमा भन्‍दै आएका छन। पहिलो कृतिको अपार सफलतापछि उनले उत्साहित हुंदै दोश्रो कृतिका रुपमा हरिबहादुर सार्वजनिक गरी देशब्यापी टुर समेत गरेका थिए। अब आफ्ना टेलिफिल्महरुका कृतिहरु पनि प्रकाशित गर्ने उनको लक्ष्य रहेको छ। हरिवंश र मदनकृष्णले खेलेका टेलिनाटकहरुको पुस्तक केही वर्षअघिनै साझा प्रकाशनले प्रकाशित गरिसकेको थियो।